• मंगलबार, भाद्र ३० २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


बुधबार, चैत्र २३ २०७८
470
Shares

बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३२ रुपैयाँ ४ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३२ रुपैयाँ ७० पैसा पुगेको छ। 

नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८२ पैसा पुगेको छ। यसको बिक्रीदर ९२ रुपैयाँ २८ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३ पैसा पुगेको छ।

त्यस्तै, बुधबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा पुगेको छ। 

युएई दिराम एकको खरिददर भने ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर आज २८ रुपैयाँ ५७ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा पुगेको छ। 

आज कुवेती दिनार एकको खरिददर बढेर ३९५ रुपैयाँ ७ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३१८ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२० रुपैयाँ ५५ पैसा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार