
गोरखा। जिल्ला परिक्षा समन्वयन समिति गोरखाले एसइइ परिक्षा दिने परीक्षार्थीका लागि परीक्षा केन्द्र तोकेको छ ।
बैशाख ९ गतेबाट सुरु हुने एसइइ परिक्षाका लागि जिल्ला परिक्षा समन्वयन समिति गोरखाले २५ परिक्षा केन्द्र तोकेको हो । जिल्ला परिक्षा समन्वयन समितिको सिफारिसका आधारमा परिक्षा नियन्त्रण कार्यालयले परिक्ष केन्द निर्धारण गरिएको सिक्षा बिकास तथा समन्वय इकाई गोरखाले जनायको छ ।

आउदो एसईईमा गोरखाका १ सय ३२ बिद्यालयका ४ हजार ९ सय ५ जना सहभागी हुदैछन ।
जसमध्य ४ हजार ८ सय ९४ नियमित तर्फका परिक्षर्थी हुने् ११ जना ग्रेडबृद्धि का लागि परिक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राम बहादुर अधिकारीले बताए । नियमित तर्फका परिक्षार्थी मध्य ७५ जना प्राविधिक धारका बिद्यार्थी छन ।
यस्तो छ सूची







