• मंगलबार, साउन १२ २०८३

देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि 


मंगलबार, चैत्र २२ २०७८
580
Shares

मंगलबार देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८१२ जना पुगेको छ ।

यता, थप १७ हजार ७५५ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, सल्यान, मुगु र बाजुरा जिल्ला सङ्क्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार