• मंगलबार, भाद्र ३० २०८३

छोटो दूरीको गाडी भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब


मंगलबार, चैत्र २२ २०७८
665
Shares

यातायात व्यवसायीले छोटो दूरीमा गुड्ने सार्वजनिक सवारीको भाडा बढाउन प्रदेश सरकारलाई चर्को दबाब दिने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको भाडा बढाएसँगै छोटो दूरीका सवारी साधनमा पनि भाडा बढाउन व्यवसायीले दबाब दिने भएका हुन् । सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघका महासचिव भरत नेपालले प्रदेश सरकारले तत्काल छोटो दूरीमा गुड्ने सवारीको भाडा बढाउनुपर्ने बताए ।

‘‘लामो दूरीको भाडादर समायोजन भएको छ । अब छोटो दूरीको हकमा प्रदेशले तत्काल भाडा बढाउनुपर्छ,” उनले भने, ‘‘सरकारले हाम्रा मागलाई हल्का रूपमा लिएको छ । हाम्रोजस्तो देशमा इलेक्ट्रिोनिक भेहिकल चलेको छैन । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई बढी प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन ।”

व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडा नबढाएको भन्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । सरकारले लामो दूरीको भाडादर बढाए पनि सबै प्रदेशमा एउटै भाडादर कायम नभएको भन्दै व्यवसायीले असन्तष्टि जनाएका छन् । सरकारले लामो दूरीमा गुड्ने सवारीसाधनको हकमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।

प्रदेश सरकारले यसअघि बढाएको भाडादरमा व्यवसायीले दुई रुपैयाँ बढी भाडा असुल्दै आएका छन् । व्यवसायीले स्थानीय तहको चुनावको मुखमा अप्रिय निर्णय गर्नुपर्ने हुनसक्ने चेतावनीसमेत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार