
काठमाडौं। इण्डोनेसियाको एक मदरसामा अध्ययनरत १३ जना छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ ।
सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र ती मध्ये आठ जना गर्भवती भएको ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला गरेको हो ।
बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डोनेसियाका धार्मिक विद्यालयहरुको सुरक्षामा कतिपयले प्रश्न उठाएका छन् ।
विश्वको ठूलो मुस्लिम बहुल देश इन्डोनेसियामा हजारौंको संख्यामा इस्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन् । यी स्कुलहरुमा गरिब परिवारका सन्ततीले समेत पढ्ने गर्दछन् ।

