
पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा कास्कीमा क्लब स्तरिय कास्की लिग फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।
पोखरा महानगरपालिका २५ स्थित गौरीशंकर खेलमैदानका गण्डकी प्रदेशका खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको प्रमख आतिथ्यतामा लिग सुरु भएको हो ।
लिगको उख्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श क्लब र हेम्जा युनाईटेड बिच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङका अनुसार उक्त खेलबाट दुवै टोलीले समान १/१ अंक बटुलेको छ । त्यसैगरी दोस्रो खेलमा ईन्द्रणी एकीकृतले फुलबारी युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्याे सो खेलबाट ईन्द्रणीले ३ अंक जम्मा गर्याे । लिग विजेताले गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने एन्फा कास्कीले जनाएको छ ।


