
नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुन तोलाको ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

