• मंगलबार, भाद्र ३० २०८३

बूढीगण्डकी डुबान क्षेत्रको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण, कुनको कति ?


मंगलबार, चैत्र २२ २०७८
2.4K
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

गोरखा । बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण गरेको छ।

आयोजनाबाट प्रभावित धादिङ जिल्ला तर्फका  साविकका गाविसहरु  सलाङ, खरी, मैदी, चैनपुर, ज्याम्रुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, मार्पाक र त्रिपुरेश्वरमा रहेको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्वा निर्धारण गर्दै  जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो।

This image has an empty alt attribute; its file name is laxmi-furniture-showroom.gif

यसैगरी गोरखा जिल्ला प्रशासन कार्यालयले पनि गोरखाका साविका गाविसहरु घ्याचोक, भुम्लिचोक, दर्वुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुआर्वाङ, आरुपोखरी र थमीको जग्गामा रहेको घरगोठ र फलफूल/बोटबिरुवाको मुआब्जा तय गरेको हो।

 उक्त क्षेत्रमा रहेको जग्गा धनीहरुले मुआब्जा दावीका लागि  जग्गाधनी प्रमाणपत्र लगायत १० रुपैयाँको स्टिकर टाँस गरी गोरखाको सिउरेनिटारमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनको कार्यालयमा निवेदन दिन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो।

भवनको मुआब्जा

भवनको मुआब्जा उत्तम, मध्यम र सामान्य गरी वर्गीकरण गरिएको छ। जसमा पनि  सिलिल, विद्युत र स्यानेटरी कार्य अनुसार प्रतिवर्गफिट अनुसार रकम तय गरिएको छ।


home 1.JPG
home 2.JPG

अन्य संरचनाको मुआब्जा

अन्य संरचानको मुआब्जा उत्तम, मध्यम, सामान्य, खर, गोठ र स्टील गरी निर्धारण गरिएको छ। मुआब्जा रकम प्रतिवर्ग फिटकै आधारमा भएको छ। जसमा घरको पाली,कुखुराकाे खाेर, बाख्राको खाेर, पानीको धारा लगायतका संरचना रहेकका छन्। 

home 3.JPG
home 4.JPG
home 5.JPG

रुख वा खम्वाको मुआब्जा

जिल्ला प्रशासन कार्यालय धादिङले रुख वा खम्वाको मुआब्जा निर्धारण भने गोलिया काठको प्रति क्यु फिट मिटरमा दर तय गरेको छ।  मुआब्जा २२ प्रकारको रुख वा खम्वाको दररेट तय गरेको हो।

tree.JPG

विरुवा, लाथ्रा, बाँस र फलफूलहरुको दर

fruit.JPG
This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार