
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
देशका केही स्थानमा आज (मंगलबार) बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान हाल देशको प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली रहने छ।
प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


