• शनिबार, कार्तिक १५ २०८३

गण्डकीसहित यी प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना


मंगलबार, चैत्र २२ २०७८
555
Shares

हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशका केही स्थानमा आज (मंगलबार) बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान हाल देशको प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली रहने छ।

प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार