• आइतबार, भाद्र २१ २०८३

५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा मुलुकमा ३३ जना संक्रमित थपिए


सोमबार, चैत्र २१ २०७८
570
Shares

नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। २ हजार ९४२ जनाको पिसिआर र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर ८ सय ४२ जना सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा ८९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार