Bingo vector typography. Lottery retro glowing lettering. Game of chance and casino concept. Sparkly 3d signboard with neon light bulbs. Vintage volumetric letters isolated on white background

काठमाण्डौ। अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित १६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका -६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।
उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


