• मंगलबार, भाद्र ३० २०८३

भीमसेन थापा गाउँपालिकाको सबै वडामा व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत


सोमबार, चैत्र २१ २०७८
1.1K
Shares

गोरखा। भीमसेन थापा गाउँपालिकामा सम्पूर्ण वडाहरुमा अनलाइन व्यक्तिगत घटना दर्ताको काम शुरु भएको छ ।

आइतबार गाउँपालिका वडा नं ५ की सोफिया ढकालको जन्मदर्ता गरी अनलाइनमा घटना दर्ता गरी अन्य वडाहरुमा समेत विस्तार गरेर पूर्ण अनलाइन गाउँपालिका घोषणा गरिएको गाउँपालिकाकी सूचना तथा संचार प्रविधि अधिकृत सविना लामिछानेले जानकारी दिईन् ।

गाउँपालिकालाई प्रविधिमैत्री बनाउन अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा शुभारम्भ गरिएको उनले बताइन् ।

आइतबारबाट पालिकाका सबै वडामा लागु हुने गरी कार्यक्रम सुरुवात गरिएको उनले बताइन् । अब पालिकाभित्रका व्यक्तिगत घटना र सामाजिक सुरक्षाका सबै अनलाइनमा दर्ता हुने बताइन् ।

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाका कार्यहरु अनलाइनमा दर्ता गर्नाले तथ्यांक सुरक्षित हुने लामिछानेले बताइन् । विभिन्न घटनाहरु हेर्न सजिलो, छिटो हुने, फाइलहरु हराउने सम्भावना कम हुने, फाइल हराउने समस्याबाट मुक्त हुने उनले जानकारी दिइन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, उपप्रमुख विनु वाग्ले, वडा नम्बर पाँचका वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठ, पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी लगायतका जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार