• मंगलबार, साउन १२ २०८३

तांलिचोकमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न, ६ सय ११ जनाले लिए सेवा


सोमबार, चैत्र २१ २०७८
1.5K
Shares

??????????????????????????????????????????????????????????

गोरखा। गण्डकी गाउँपालिका वडा नं २ तांलिचोकमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सेवारण्यकेशरीको आयोजना र लायन्स क्लव अफ एभरेष्टको आर्थिक सहयोगमा स्वास्थ्य शिविर संचालन भएको हो ।

शनिबार र आइतबार भएको दुई दिने शिविरमा आसपासका छ सय ११ जनाले सेवा लिएको निकेश पन्तले जानकारी दिए ।

उनकाअनुसार शिविरमा गण्डकी गाउँपालिका वडा न १, २, ३ र ४ का साथै शहीद लखन गाउँपालिका वडा ६ का स्थानीयहरुको सहभागिता रहेको थियो ।

दुई दिने स्वास्थ्य शिविरमा मुटुरोग, जनरल सर्जरी, हाडजोर्नी, बालरोग तथा महिलाहरुको पाठेघर जस्ता विभिन्न रोगहरुको परिक्षण गरिएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार