• मंगलबार, भाद्र ३० २०८३

श्रीलंकाका मन्त्रीले दिए सामूहिक राजीनामा


सोमबार, चैत्र २१ २०७८
585
Shares

संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो ।

तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्युको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए ।

श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछि कै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ ।

खाद्यान्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार