
काठमाडौं। अमेरिकी राज्य क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ९ जना घाइते भएका छन् ।
प्रहरी विभागले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको ज्यान गएको छ ।
स्थानीय समयअनुसार आइतबार बिहानै सहरको डाउनटाउनमा एक बन्धुकधारीले गोली चलाएका हुन् ।
गोली चलेको स्थानमा भारी संख्यामा प्रहरी परिचालन भएको छ। गोली कसले चलाएको हो र मारिनेहरू को–को हुन भन्ने खुलिसकेको छैन ।


