• मंगलबार, भाद्र ३० २०८३

कालिमाटी टोल विकास संस्थाको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा मगर चयन


सोमबार, चैत्र २१ २०७८
700
Shares

गोरखा। गोरखा नगरपालिका वडा नं ६ स्थित डेविडफल टोल विकास संस्थाको १३ औँ साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।

सनिवार भएको अधिबेशनवाट माधव थापामगरको अध्यक्षतामा कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सम प्रसाद भट्ट, सचिवमा दिपक शाही, सहसचिवमा युवराज श्रेष्ठ र कोषाध्यक्षमा सन्त माया श्रेष्ठ चयन भएका छन् ।

समितिको सदस्यहरुमा गोकर्ण राना, दुर्गा देवकोटा, कृष्ण कुमारी भट्ट, देवी श्रेष्ठ, भवलाल श्रेष्ठ र सूर्य बहादुर थापामगर चयन भएको समितिले जनाएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ र महिला सक्रिय सदस्य मिना देवी श्रेष्ठलाई टोल विकास संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको संस्थाका अध्यक्ष माधव थापामगरले जानकारी दिए ।

गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप्रमुख बिनाकुमारी श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष नारायण अर्याल, वडा नं ८ का वडा अध्यक्ष कृणबहादुर केसी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार