
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास लिक भएर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
बाह्रबिसे नगरपालिका–८ मानेस्वाँरा स्थित मीनबहादुर तामाङको घरमा रहेको एक सानो पसलमा आइतबार बेलुका ग्यास विष्फोट भएको थियो ।
विस्फोटमा परेर १० वर्षका विशाल तामाङ, ६ वर्षका सरगम तामाङ र २ वर्षकी दिब्या तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।


