• मंगलबार, भाद्र ३० २०८३

उत्कृष्ट १० सहकारीलाई गोरखा नगरपालिकाले दियाे अनुदान र सम्मान


आइतबार, चैत्र २० २०७८
845
Shares

गोरखा । गोरखा नगरपालिकाले उत्कृष्ट १० सहकारीलाई अनुदानसहित सम्मान गरेको छ । ६५ औं राष्ट्रिय सहकारी दिवशका अवसरमा गोरखा नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित उत्कृष्ट १० सहकारीलाई ५० हजार रुपैयाका दरले अनुदानसहित सम्मान गरेको हो ।

आइतबार कार्यालयमा आयाेजित एक कार्यक्रममा वीच नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विनाकुमारी श्रेष्ठले सहकारीहरुलाई नगदसहित प्रश‌सापत्र र दाेसल्लाले सम्मानित गरेका हुन् ।

दिवशका अवसरमा गोरखा नगरपालिका र जिल्ला सहकारी संघ गोरखाकाे आयाेजनामा भएकाे अन्तरकृया कार्यक्रमकावीच सर्वसुलभ सेवा प्रवाह र ब्यवस्थित काराेवार गर्दै जनतालाई सहकारी अभियानमा जाेड्न भुमिका खेलेकाे भन्दै १० सहकारीलाई नगद अनुदान सहित सम्मान गरिएकाे प्रशासकीय अधिकृत चेत प्रसाद अम्गाईले जानकारी दिए ।

नगद ५० हजार पाउने १० सहकारीमा वडा नम्बर १३ काे महाकाली बचत तथा ऋृण सहकारी संस्था, वडा नम्बर १ काे छापथाेक कृषि सहकारी संस्था, वडा नम्बर ७ काे जनमुखी उपभाेक्ता सहकारी संस्था, ८ काे तारापुञ्ज बाख्रा पालन कृषि सहकारी संस्था र वडा नम्बर ६ काे सिद्धिगणेश वचत तथा ऋृण सहकारी संस्था रहेका छन् ।

त्यस्तै ६ कै गोर्खाली वचत तथा ऋृण सहकारी संस्था, वडा नम्बर १० काे गण्डकी वचत तथा ऋृण सहकारी संस्था, ९ काे गोरखकाली बचत तथा ऋृण सहकारी संस्था, २ काे बाघभैरभ वचत तथा ऋृण सहकारी संस्था र वडा नम्बर १० काे दराैदी वचत तथा ऋृण सहकारी संस्थालाई समेत नगद ५०/ ५० हजार रुपैयाका दरले अनुदान सहित सम्मन गरिएकाे प्रशासकीय अधिकृत अम्गाइले बताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख राजनराज पन्तले जवाफदेहि र चुस्त सहकारीकाे अवधारणालाई नगरपालिकाले अवलम्बन गरेकाे बताए । नगरपालिकाले जिल्लामै पहिलाे पटक सहकारी ऐन निर्माण गरी सहकारीलाई ब्यवस्थित र जनमुखी बनाउने गरी नियमनकाे प्रकृया अघि बढाएकाे भन्दै उनले अव सहकारीका नाममा जनता झुक्याउने खेल बन्द हुने बताए ।

राम्राे काम गर्नेलाई नगरपालिकाले अनुदान पनि दिने र हरेक कार्यमा प्राेत्साहन समेत गर्ने बताउदै उनले अब नगरपालिकाले वित्तिय साक्षरता अभियान अघि बढाएर जनतालाई वित्तिय ब्यवस्थापनमा सक्षम बनाउने याेजना अघि सारेकाे जानकारी दिए ।

ऐन मार्फत सहकारीबाट १ प्रतिशत कर संकलन गर्ने र साे रकममा नगरपालिकाले १० प्रतिशत रकम थप गरी सहकारीकै संस्थागत विकासमा लगानी गर्ने याेजना रहेपनि त्यसमा लगत अर्थ लगाइएपछि सहकारीकाे माग अनुसार नै नगरपालिकाले ऐन संशाेधन गरेकाे समेत उनले बताए ।

कार्यक्रममा उपमेयर विनाकुमारी श्रेष्ठ, सहकारी संघका महासचिव सराेज देवकाेटा, संघका लेखा समिती संयाेजक सुजन कुवँर, निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर खड्का, एकिकरणका कार्यक्रम संयाेजक चन्द्र देवकाेटा, सहकारी सञ्चालक राेलक बहादुर थापा लगायतले बाेलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार