Queue of commuters to get aboard a microbus in Kathmandu, in November, 2016. Photo: THT

गोरखा। सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ।
यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।
यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो। भाडादर हेर्न क्लिक गर्नुहोस् ।https://drive.google.com/file/d/1O5yFl2AQFC-9UkyhaRGrCjE50LMuVbB9/view


