• मंगलबार, भाद्र ३० २०८३

कृष्ण र बिन्दुको ‘झलिको’ सार्वजनिक


आइतबार, चैत्र २० २०७८
1.5K
Shares

गायक कृष्ण रेउले र गायिका बिन्दु परियारको स्वर रहेको गीत ‘झलिको’ सार्वजनिक भएको छ । गीतमा रेउलेकै शब्द तथा संगीत रहेको छ ।

सुदीप सागरले संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ । सागर बाबु भट्टको निर्देशन रहेको भिडियोमा विजय पुनको अभिनय छ । पुनलाई भिडियो अभिनयमा प्रकाश घिमिरे, पेरिसा कंडेल र समिर भण्डारीले साथ दिएका छन् ।

पवन रसाइलीको छायांकन रहेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियो मोडल विजय पुनले आफ्नै यूट्यूब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार