• मंगलबार, भाद्र ३० २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


आइतबार, चैत्र २० २०७८
1.9K
Shares

साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। आइतबार चाँदीको मूल्य भने यथावत छ।

आज सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार