• मंगलबार, भाद्र ३० २०८३

चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु


आइतबार, चैत्र २० २०७८
625
Shares

ताप्लेजुङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् ।

चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइए पनि स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार