• मंगलबार, भाद्र ३० २०८३

गोरखामा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ


शुक्रबार, चैत्र १८ २०७८
2.3K
Shares

गोरखा। अवैध सालको काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ परेको छ ।

गोरखा नगरपालिका–३ नारेश्वरस्थित विन्ध्यावासिनी फर्निचर उद्योगबाट अवैध सालको काठ सहित संजोग तिमिल्सिनालाई कार्यालयले नियन्त्रणमा लिएको हो ।

बिहीवार साँझ उद्योगबाट ४३.४१ क्यू फिट (१२ थान) काठको गोलिया बरामद गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

अवैध काठ छ भन्ने विशेष सूचना पाएपछि कार्यालयको टोली त्यहा पुगेर हेर्दा फर्निचरको कम्पाउण्ड भित्र काठ भेटिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए ।

उनीबिरुद्ध जायरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको कार्यालयका अधिकारी पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार