• मंगलबार, भाद्र ३० २०८३

शुक्रबार यस्ताे छ सुनचाँदीकाे बजार मूल्य


शुक्रबार, चैत्र १८ २०७८
625
Shares

नेपाली बजारमा सुनको मूल्य शुक्रबार आठ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १० रुपैयाँ बढेको छ । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ निर्धारण भएको महासंघले बताएकाे छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार