n]bf];lxtsf] klx/f]
un]Zj/, #! ebf} . a]gL–b/jfª ;8sv08sf] 7f8f] klx/f]df n]bf];lxtsf] klx/f] v;]kl5 ;8s cj?4 x'Fbf /f]lsPsf ;jf/L;fwg / ofq' . 6«Øfs v'n]sf] !$ jif{ lalt;Sbf klg of] ;8s ;'wf/ x'g g;Sbf a;]{gL o:t} ;d:of pTkGg x'g] u/]sf] 5 . t:jL/ M w|'j;fu/ zdf{, /f;;

म्याग्दी। जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ ।
बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैंसम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिए । “मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दसैंसम्मका लागि समय तालिका हटाएका छौँ”, उनले भने, “सवारी आवतजावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने व्यवस्था मिलाएका छौँ ।”



म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिर, वडा नं २ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समय तालिका बनाइएको थियो । यस वर्षको चैतेदसैं पर्व चैत २६ गते परेको छ ।
चैते दसैंको समयमा मुस्ताङको कागबेनीमा दिवङ्गत आफन्तको स्मृतिमा पिण्डदान गर्ने चलन छ । भ्रमणको याम भएकाले स्वदेश तथा विदेशबाट मुस्ताङ घुम्न आएका पर्यटकको चाप पनि बढेको छ । मुस्ताङमा केही दिनयता दैनिक तीन हजार जनाको हाराहारीमा तीर्थयात्री र पर्यटक भित्रिएका छन् ।
विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरीको बेनी-जोमसोम-कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङका छ खण्डमा निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ ।


