• मंगलबार, भाद्र ३० २०८३

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा चैत १८ देखि


शुक्रबार, चैत्र १८ २०७८
675
Shares

चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थी सहभागी हुने भएका छन्।

आयोगले चैत १८ देखि २१ गतेसम्म सञ्चालन गर्ने एकीकृत प्रवेश परीक्षामा १११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

आयोगका अनुसार पहिलो दिन चैत १८ गते १९ हजार ५ सय ८, दोस्रो दिन चैत २० गते १२ हजार २ सय ६२ र तेस्रो दिन २१ गते २ हजार ८ सय ९५ गरी कूल ३४ हजार ६ सय ६५ परीक्षार्थी परीक्षामा सहभागी हुने आयोगले जनाएको छ।

परीक्षार्थीहरूलाई समयमै आफ्नो प्रवेशपत्र प्रिन्ट गरी त्यसमा उल्लेख भएका विवरणहरू पालना गरी निर्धारित मिति र समयमा तोकिएको परीक्षा केन्द्रमा प्रवेश गरी मर्यादित ढङ्गबाट परीक्षामा सहभागी हुन र परीक्षार्थीका अभिभावकलाई समेत आयोगबाट सम्प्रेषण हुने सूचनाबाहेक अन्य प्रचारबाजीका पछि नलागी परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग गर्न आयोगले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार