• मंगलबार, भाद्र ३० २०८३

१० देखि १५ प्रतिशतसम्म गाडी भाडा बढाउने सरकारको निर्णय


शुक्रबार, चैत्र १८ २०७८
1K
Shares

पोखरा । सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो ।

अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ । बढेको भाडाको विस्तृत विवरण आउँदो आइतबार प्रकाशन हुने छ ।

एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक गाडीमा मात्रै भाडा बढेको विभागले जनाएको छ । लोकल रुटको भाडा भने यथावत् नै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार