
हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
आज देशका केही स्थानमा मौसम बदली रही वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान प्रदेश १, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो प्रदेश १, माधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।


