• आइतबार, भाद्र २१ २०८३

पछिल्लो  २४ घन्टामा ४ हजार ९५१ मा परीक्षण गर्दा २५ जनालाई कोरोना


बिहिबार, चैत्र १७ २०७८
625
Shares

नेपालमा पछिल्लो  २४ घन्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार २५ जनामा संक्रमण पुष्टि भएको हो। 

४ हजार ९५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ३ हजार ६२३ जनाको पिसिआर परीक्षण गर्दा २४ र १ हजार ३२८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि गरेको हो। 

अहिले देशभर १ हजार ८१ जना सक्रिय संक्रमित छन्। ८९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार