• मंगलबार, भाद्र ३० २०८३

गायक निमा तामाङको ‘बाँध मायाले’  सार्वजनिक ( भिडियो ) 


बिहिबार, चैत्र १७ २०७८
1.4K
Shares

काठमाडौँ । मोडल खाजुम फिचर्ड गायक निमा तामाङको ‘बाँध मायाले’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।  

रोमाण्टिक भर्सनको यस गीतमा गायिका अन्नु चौधरीको समेत स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावलाई समिटिएको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ। यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन्।  

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार