• मंगलबार, भाद्र ३० २०८३

दुई मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु, ३ गम्भीर घाइते


बिहिबार, चैत्र १७ २०७८
735
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

पर्सामा बिहीबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

पर्साको पोखरीया नगरपालिका ४ स्थित नहरछेउको सडकडमा बिहीबार बिहान साढे १० बजे विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २-०३-००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका २ गुलरीयाका ३५ वर्षीय ललन पटेल र पर्साकै सखुवा प्रसौनी ५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन्। दुर्घटनामा मोटरसाइकलमा सवार धोबिनी २ का ३० वर्षीय रोजदिन मया, सखुवा प्रसौनी ५ एकडरवाका रन्जित महत्तो र त्यही ठाँउका १९ वर्षीय सुपेन राउत गम्भीर घाइते भएका छन्।

घाइते तीनै जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए। तीब्र गतिमा रहेका दुबै मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार