• मंगलबार, भाद्र ३० २०८३

पोखराका सबै तालको मापदण्ड तोकियो, फेवातालको ३० मिटर कायम


बिहिबार, चैत्र १७ २०७८
940
Shares

पोखरा। पोखरा महानगरपालिकाले महानगरभित्रका सबै तालको मापदण्ड तोकेको छ । बुधबार बसेको महानगर कार्यपालिका बैठकले फेवातालसहित यहाँका ९ वटै तालहरुको मापदण्ड तोकेको हो ।

फेवातालको मापदण्ड अन्ततः ३० मिटर कायम गरिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो ।

गत वर्ष नै फेवातालको चारकिल्ला र सिमानासम्बन्धी विवरणसहित पहिलोपल्ट नेपाल राजपत्रमा सूचना प्रकाशन भइसकेको छ । नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा २०७७ फागुन १७ गते प्रकाशित सो राजपत्रमा फेवातालको चारकिल्ला विवरण तथा सीमारेखाको व्याख्यासमेत गरी फेवातालको क्षेत्रफल ११ हजार २५५ रोपनी ११ आना एक पैसालाई तोकिएको छ ।

यसअघि ६५ मिटर मापदण्ड रहेकोमा त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लिएको सुझावका आधारमा मापदण्ड तोकिएको महानगरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार