
हाल भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज राति पनि प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

