• मंगलबार, भाद्र ३० २०८३

पिएनजीसँग दोस्रो खेल खेल्दै नेपाल


बिहिबार, चैत्र १७ २०७८
655
Shares

नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पिएनजीसँग दोस्रो र समग्रमा तेस्रो खेल खेल्दै छ।

खेल मध्यान्ह १२ : ३० देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुनेछ। नेपालले सुरुवाती दुई खेलमा जित निकाल्दै फाइनल यात्रालाई सहज बनाएको थियो। पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रनले पराजित गरेको थियो।

हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्यो। आज पिएनजीलाई पराजित गर्न सके नेपाल फाइनल पुग्नेछ। नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। फाइनल आगामी सोमबार हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार