• मंगलबार, भाद्र ३० २०८३

नेपाली सेनामा खुल्यो चार हजारका लागि जागिर


बिहिबार, चैत्र १७ २०७८
525
Shares

????????????????????????????????????

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ।खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको हो।

निर्देशनालयले आज गोरखापत्रमा सूचना निकालेर विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ। चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग भएको छ भने अरू समावेशीतर्फ मागेको छ।

आजदेखि वैशाख १६ गतेसम्म दरखास्त दिन सकिन्छ। देशका विभिन्न भर्ना केन्द्रबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ। फारम बुझाउँदा १५० दस्तुर लाग्नेछ।

८ कक्षा पास गरेकाले पनि दरखास्त दिन पाउनेछन्। पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने महिलाका लागि न्युनतम ५ फिट हुनुपर्नेछ।

१८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले दरखास्त दिन पाउनेछन्। परीक्षा भने जेठ ५ गते हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार