• मंगलबार, साउन १२ २०८३

धार्चेलाई घाेषणा गरियाे कोभिड–१९ पूर्णखोप सुनिश्चितता गाउँपालिका


बिहिबार, चैत्र १७ २०७८
765
Shares

गोरखा । धार्चेलाई कोभिड–१९ पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएकाे छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले मंगलबार एक कार्यक्रमका वीच कोभिड–१९ कोरोना भाईरस विरुद्धको पालिका पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।

धार्चेका सात वटा वडाका १० हजार पाँच सय ५७ जनालाई कोभिडको दोस्रो मात्राको खोप लगाएसँगै पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अमृतबहादुर घलेले बताए ।

सरकारको नियम अनुसार सबै प्रक्रिया पु¥याएर खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको उनले जानकारी दिए । उनका अनुसार खोप लगाएका व्यक्तिहरुको नाम र खोप कार्ड भए नभएको सबै चेकजाँच गरिएको र खोप लगाएको र नलगाएको घरधुरी सर्वेक्षण गर्ने क्रममा छुटेका ८६ जनालाई पनि कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाएर खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको उनले बताए ।

घाेषणााका लागि गाउँपालिकाले जिल्ला खोप समन्वय समिति, प्रदेश र राष्ट्रिय खोप समन्वय समितिलाई निवेदन पठाएको थियो । उनीहरुले प्रमाणित गरेसँगै खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु, गाउँपालिका निमित्त प्रशासकीय अधिकृत रुलबहादुर आले, जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनाल,स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विध्या तामाङ लगायत गाउँपालिकाको कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

कोभिड–१९ पूर्णखोप सुनिश्चितता घाेषणा हुने धार्ने गोरखाकाे पहिलाे र प्रदेशकाे दाेस्राे स्थानीय तह हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार