
गोरखा । गोरखाको शहीदलखन गाउपालिकाको बडा नं ७ ले मंगलबारदेखि आफ्नै भवनमा सेवा सुरु गरेको छ । गाउँपालिकाको लगानीमा निर्माण भएको नयाँ भबनबाट सेवा सुरु गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

नव –निर्मित भवनको मंगलबार एक कार्यक्रमका बिच शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले उद्घाटन गरेका हुन् । यस अघि उक्त वडाले साबिक बुङकोट स्वास्थ्यचौकीको पुरानो भवनबाट सेवा दिँदै आएको थियो । अहिले बनेको भवन भुकम्प प्रतिरोधी र सुबिधा सम्पन्न रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
वडा कार्यलय रहेको ठाउँमा सडक सुविधा र खानेपानीको पनि राम्रो सुबिधा रहेको छ । वडा कार्यालयले नयाँ भवनबाट सेवा प्रवाह गरेपछि स्थानिय खुशी बनेका छन् । वडाले गर्नुपर्ने सम्पूर्ण कार्य र जनतालाई दिनुपर्ने सेवा सोही भवनबाट सुचारु गरिएको उनले बताए । नयाँ बनेको भबनबाट वडाबासीलाई अझै सहज सेवा दिन सकिने उनले बताए ।

भबन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आले मगर, वडा न ८ का वडाअध्यक्ष कासिनाथ अंगाई लगायत अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधीका साथै स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिती रहेको थियो ।

