• मंगलबार, भाद्र ३० २०८३

मलेसियाविरुद्ध नेपालको सहज जित


बुधबार, चैत्र १६ २०७८
525
Shares

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज भएको नेपाल र मलेसियाको खेलमा नेपालले सहज जित निकालेको छ।

नेपालले मलेसियालाई ७.४ ओभर बाँकी छँदै ६ विकेटले खेल जितेको हो। नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर ११७ रन जोडेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रन जोडेको थियो।

नेपालका लागि दिलिप नाथ नटआउट रहँदै १५ रन र कुशल मल्लले २ रनको योगदान गरे। त्यस्तै आशिफ शेखले ५५, दिपेन्द्रसिंह ऐरीले २१ रन जोडे। यस्तै रोहित पौडेल १२ रन तथा कुशल भुर्तेल १ रन जोडे।

त्यस्तै नेपालका लागि करन केसी र सन्दिप लामिछानेले समान २/२ विकेट लिए। यस्तै कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार