• मंगलबार, भाद्र ३० २०८३

नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै


बुधबार, चैत्र १६ २०७८
800
Shares

काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दै छ ।

कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।

शृङ्खलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि नेपाल र मलेसियाले पपुवा न्यूगिनीलाई हराएको थियो ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । मलेसियाविरुद्धको खेलमा विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले डेब्यु गरेका छन् । खेलअघि दिलीपलाई विनोद दासले डेब्यु क्याप प्रदान गरेका थिए । दिलीपले लोकेश बमको स्थानमा पहिलो रोजाइमा खेल्दैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार