• बुधबार, भाद्र ३१ २०८३

देशभरको मौसममा बदली र वर्षाको सम्भावना कहाँ कहाँ ?


बुधबार, चैत्र १६ २०७८
585
Shares

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ।

देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार