गोरखा । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले वारपाक सुलीकोट गाउपालिकामा वाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम सम्पन्न भएको छ ।
देउरालीको शैलापुत्री माध्यमिक विद्यालयमा भएको उक्त तालिममा शैलापुत्री लगायत अन्य ३ वटा विद्यालयहरु थलीवारी आधारभुत विद्यालय, वगेश्वरी आधारभुत विद्यालय र मण्डली प्राथमिक विद्यालयको ८ जना शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए ।
तालिमलाई जापानी नागरिक मोयमी आरामाकी, मनोज थारु र रमेश श्रेष्ठले सहजीकरण गरेको थिए । तालिममा प्रभावकारी बाल केन्द्रित शिक्षण विधिहरु, गणित विषय पढाउन, प्रस्तुतीकरण सीप, परिचय कलाको वारेमा जानकारी दिइएको थियो ।
यस तालिमको सिकाईको आधारमा एकिकरण नेपाल गोरखाले ३ दिनको वाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम सचालन गर्न लागको प्रशिक्षक मोयामी आरामाकीले बताए । एकिकरण नेपाल गोरखाको उक्त विद्यालयमा शिक्षण सिकाई र वालवालिकाको पढाईलाई लक्षित गरि शैक्षिक गतिविधिहरु सचालन गर्न लागेको छ ।