• बुधबार, भाद्र ३१ २०८३

एकिकरण नेपाल गोरखाले विद्यालय निर्माण गर्ने


मंगलबार, चैत्र १५ २०७८
1.4K
Shares

गोरखा । जापान सरकार परराष्ट्र मन्त्रालय ९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले वारपाक सुलीकोट गाउपालिका वडा न ७ वालुवाको श्री मण्डली प्राथमिक विद्यालय बनाउने भएको छ ।

हिजो विद्यालयमा भएको एक अन्तरकृया कार्यक्रममा उक्त जानकारी दिईएको हो । चाइल्ड फण्ड जापानको इन्जिनियर दुर्गा ढकालले एक वर्ष भित्र करिव ४ करोड ४७ लाखमा विद्यालय भवन वन्ने बताइन् । ९ कोठाको विद्यालय भवन सहित शौचालय, खानेपानी सरचना, खेलकुद मैदान लगायत सरचना वन्न लागेको वताए ।

कार्यक्रममा चाइल्ड फण्ड जापानको कार्यक्रम व्यवस्थापक आयरी होण्डाले जापान सरकार र नेपाल सरकार विच अत्यन्तै राम्रो सम्वन्ध रहेको जानकारी गराउदै नेपाली वालवालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनु जापान सरकारको पनि गौरवको विषय भएको जानकारी दिइन् ।

कार्यक्रममा एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले विद्यालय निर्माणको लागि ठेकेदार छनौट भई सकेको जानकारी गराउदै समयमा नै विद्यालय निर्माणको लागि शिक्षक, अभिभाव र समुदायको सकरात्मक सहयोग हुनु पर्ने बताएका छन् ।

परियोजनाको उदेश्य, अवधि, अपेक्षित उपलब्धीहरुको वारेमा चाइल्ड फण्ड जापानको कार्यक्रम सयोजक कृष्ण सरन डगोल र मनोज थारुले जानकारी दिएका थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जोन कुमार वरामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष कृष्ण गुरुङ लगायतले मन्तव्य दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार