गोरखा । पालुङटारका किसानलाई मौरी पालन तालिम सुरु भएको छ । पालुङटार नगरपालिकाको आर्थिक सहयोग तथा लिगलिग भिलेज मौरी फार्मको आयोजनामा कृषकलाई २१ दिने तालिम सुरु भएको हो ।
तालिम सोमबार एक कार्यक्रमका बिच नगरप्रमुख इ दिपकबाबु कडेंलले उद्घाटन गरेका हुन । तालिम उद्घाटन गर्दै नगरप्रमुख कडेंलले किसानलाई ब्यवसायिक रुपमा अघि बढाउन र कृषि पेशालाई आधुनिकिकरण गर्न नगरपालिकाले बिभिन्न योजना अघि सारेको जानकारी दिए ।
किसानलाई आर्थिक रुपमा आत्मनिर्भर नगरपालिकाले किसानाका लागि तालिमदेखि अनुदान र ऋण लगायतको सहयोग गर्दै आएको बताउदै उनले पाएको सिप र स्रोत साधनको सदुयोग गर्दै अघि बढ्न किसानलाई आग्रह गरे ।

तालिममा पालुङटार नगरपालिकाका प्रत्येक वडाबाट दुई दुई जना गरी २० जना व्यवसायीक मौरी पालक कृषकलाई सो तालिममा समावेस गरिएको लिगलिग भिलेज मौरी फर्मका संचालक प्रमिला गुरुङ रानाले बताइन् ।
तालिममा मौरी विकास केन्द्र गोदावरीका वरिष्ठ उपसचिव लक्ष्मी प्रसाद खरेल र प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना व्यवस्थापन कार्यालयका वरिष्ठ कृषि अधिकृत तथा मौरी विज्ञ तिर्थ कुमार श्रेष्ठको सुपरभिजन तथा प्राविधिक सहयोग रहेको कार्यक्रमका मुख्य प्रशिक्षक मौरी प्राविधीक ध्रुव कुमार कार्की रहेका छन् ।
