• बुधबार, भाद्र ३१ २०८३

चितवनमा गैँडा मृत भेटियो


सोमबार, चैत्र १४ २०७८
585
Shares

दुलर्भ एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ। चितवनको माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैँडा भेटिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको हो। गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। 

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैँडा मरेका छन्। तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार