• बुधबार, भाद्र ३१ २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?


सोमबार, चैत्र १४ २०७८
530
Shares

सोमबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि १ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै चाँदीको भाउमा पनि गिरावट देखिएको छ। चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार