• बुधबार, भाद्र ३१ २०८३

थाइल्यान्डमा रहेको नेपाली टोली चोनबुरीसँग खेल्दै


आइतबार, चैत्र १३ २०७८
790
Shares

थाइल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज आइतबार त्यहाँको माथिल्लो डिभिजन क्लब चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्दै छ।

नेपाली टोलीले चोनबुरीसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल नेपाली समयानुसार साँझ ५ः४५ मा सुरु हुनेछ।

सन् १९९७ मा स्थापित चोनबुरीले सन् २००७ मा थाई लिग वान उपाधि जितेको थियो। अहिले चलिरहेको लिगमा चोनबुरी १६ टोलीमध्ये पाँचौं स्थानमा छ।

एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि चोनबुरीमा रहेको नेपाली टोली यसअघि थाइल्यान्डको राष्ट्रिय टोलीसँग २–० ले हारेको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार