• बुधबार, भाद्र ३१ २०८३

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार १३२ जनाकै मृत्यु भएको पुष्टि


आइतबार, चैत्र १३ २०७८
545
Shares

?????????????????????????

बेइजिङ। दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ ।  

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी राखेको थियो। उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको थियो।

दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजीकार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २:३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार