• बुधबार, भाद्र ३१ २०८३

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


आइतबार, चैत्र १३ २०७८
700
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ।

आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यता सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार