• बुधबार, भाद्र ३१ २०८३

गायक रिवाज सिंह सुनारको ‘देश विकास’ सार्वजनिक ( भिडियो )


आइतबार, चैत्र १३ २०७८
1.1K
Shares

काठमाडौं । लाखौ नेपाली युवा पुस्ताको आवाज समेटिएको गीत ‘देश विकास’  सार्वजनिक भएको छ । व्यापक भ्रष्टाचार, सत्ता तानातान देखि निराश र आक्रोशित देश भित्र र बिदेशिएका नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ।

र्याप शैलीको  यस गीतमा गायक रिवाज सिंह सुनारको  स्वर, शब्द र संगीतमा रहेको छ।  यस गीतको भिडियोमा धुर्व बिश्वकर्मा , निश्चल कार्की र प्रमोद श्रेष्ठ फिचर्ड छन्। सम्भव सुवेदीले भिडियोलाई  छायाँकन र सम्पादन  गरेका हुन्।  

कल्याण थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक सुनारको च्यानल ‘रिवाज सिंह सुनार’ मार्फत भिडियो सार्वजनिक भएको हो।  यो गीतले सबै युवालाई जागरूक भएर  यसै पुस्तामा देश बनाउन आव्हान समेत गरेको छ।

https://youtu.be/q4eNkGpaPnA

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार