• बुधबार, भाद्र ३१ २०८३

सडकको विषयलाई लिएर झडप हुँदा सांसद प्रमोद साह घाइते


शनिबार, चैत्र १२ २०७८
925
Shares

जनकपुरधाम । सडकको विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएको झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । टाउकोमा चोट लागेका साहलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

बयलबास बजारमा सडक विस्तार गर्ने क्रममा केही दिनअघि फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । स्थानीय युवाले क्लबको भवन सोही ठाउँमा बनाउनुपर्ने भनिरहँदा सांसद साहले अर्को ठाउँमा बनाउनुपर्ने बताएपछि दुई पक्षबीच विवाद भएको हो । सोही विवादका क्रममा झडप भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार